सांसद कोइरालाको प्रश्न : हिन्दू धर्ममाथि अनास्था फैलाउन अमेरिकाले दिएको पैसा कसले ल्याइरहेको छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले अमेरिकाबाट नेपालमा हिन्दु धर्मको बारेमा अनास्था फैलाउन पैसा आइरहेको विषय उठाएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कोइरालाले अमेरिकी संसद्मा नेपालमा सनातन धर्ममाथि अनास्था फैलाउन पैसा पठाएको भनेर प्रश्न उठेको उल्लेख गर्दै त्यसको बारेमा सत्य तथ्य संसद्मा जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेकी छिन् ।
सांसद कोइरालाले भनिन्– ‘मैले सुन्दैछु, अमेरिकाको संसद्मा नेपालीहरूको धर्ममाथि अनास्था फैलाउनका लागि पैसा विनियोजन गरियो, बाँडियो भनेर । त्यो पैसा के कारणले र कसरी आइरहेको छ ? हाम्रो सनातनदेखि चलेको धर्ममाथि अनास्था जगाउने काम कसरी भइरहेको छ ? यसको खोजी सरकारले गर्नुपर्छ भनेर आग्रह गर्न चाहन्छु । सरकारले चाँडोभन्दा चाँडो यो कुराको खोजी गरेर कसले पैसा ल्याइरहेको छ ? कसले हिन्दु सनातन धर्मको अनास्था फैलाउने काम गरिरहेको छ ? त्यसको निक्र्यौल हुनुपर्छ भनेर यो संसद समक्ष राख्न चाहन्छु ।’
प्रधानमन्त्रीलाई संसदमा त्यसबारे जानकारी गराउन समेत उनको भाग रहेको छ । यस्तै उनले कमल विनायक–नगरकोट सडक निर्माणमा भइरहेको ढिलाइको विषय पनि उठाएकी छिन् । प्रधानमन्त्रीका घरबेटीले ठेक्का पाएको सो सडक अझै कालोपत्रे नभएको उनले ध्यानाकर्षण गराइन् ।
यस्तै सवारी साधन दुर्घटना बढिरहेको, सवारी साधनमा बढी भाडा लिने, ज्येष्ठ नागरिकलाई सहुलियत नदिने अवस्था रहेको भन्दै यस्ता कुराहरूको कसले नियमन गर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण