कांग्रेस सांसदको प्रश्न : रुसको श्रम स्वीकृति दिएर सरकारले युवालाई मर्न जाऊ भनेको हो ? (भिडियोसहित)
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई नेपाल फर्काउन नसकेका बेला श्रम स्वीकृत दिने सरकारको नीतिबारे प्रश्न गरेकी हुन् ।
‘युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,’ सांसद पौडेलको प्रश्न छ, ‘युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।’
उनले देशभर महिलाको हत्या भइरहेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् । ‘युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरेर बस्नुभएको छ ? एक हप्तामा सात÷आठ जना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ,’ उनको प्रश्न छ ।
सांसद पौडेलले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलमा महिलाको ३३ प्रतिशत सहभागिता नगराइएकोमा सभामुखलाई प्रश्न गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण