बझाङ प्रदेश सभा १ : जनकराज बुढाकाे नाम सिफारिस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेशसभा १(१) मा उम्मेदवार बनाउन सिफारिस गरेको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गर्दै अन्तिम निर्णयका लागि केन्द्रमा सिफारिस गरेको हो ।
बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले सर्वसम्मत सिफारिस गरेको नेता ओमप्रकाश पुनले पुष्टि गरे ।
‘विद्यार्थी कालदेखि नै उहाँ जनयुद्धकालमा हिँड्नु भएको थियो । २०७० सालमा संविधानसभा सदस्य समेत रहनुभएका उहाँलाई बझाङ प्रदेश सभा १ मा सर्वसम्म रूपमा उम्मेदवार बनाउने सिफारिस गर्ने निर्णय गरेको छ’, उनले भने ।
बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीबिच रोचक भिडन्त हुने देखिन्छ । यसअघि एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको थियो । एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण