आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङ प्रदेश सभा १ : जनकराज बुढाकाे नाम सिफारिस

आइतबार, १८ चैत २०८०, १६ : ०४
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेशसभा १(१) मा उम्मेदवार बनाउन सिफारिस गरेको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गर्दै अन्तिम निर्णयका लागि केन्द्रमा सिफारिस गरेको हो ।

बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले सर्वसम्मत सिफारिस गरेको नेता ओमप्रकाश पुनले पुष्टि गरे ।

‘विद्यार्थी कालदेखि नै उहाँ जनयुद्धकालमा हिँड्नु भएको थियो । २०७० सालमा संविधानसभा सदस्य समेत रहनुभएका उहाँलाई बझाङ प्रदेश सभा १ मा सर्वसम्म रूपमा उम्मेदवार बनाउने सिफारिस गर्ने निर्णय गरेको छ’, उनले भने । 

बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीबिच रोचक भिडन्त हुने देखिन्छ । यसअघि एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको थियो । एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप