सरकारी ऋणपत्र तथा बण्डहरु अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने
काठमाडौँ । सरकारी ऋणपत्र तथा बण्डहरु अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन अब ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आइसकेकाले नेपाल सरकारको आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी ऋण व्यवस्थापनका कार्यालयबाटै हुने कार्यालयले जनाएको हो ।
यसअघि यस्तो ऋणपत्र तथा बण्डहरुको निष्कासन तथा व्यवस्थापन केन्द्रीय बैंकमार्फत हुँदै आएको थियो । तथापि, यस्तो कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ऋण सापटी तथा भुक्तानीको कार्य सम्पादन कार्यालयबाट हुने बताइएको छ ।
चैत १९ गतेदेखि ऋणपत्र निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी दिएको कार्यालयले आजै १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र (ट्रेजरी बिल) बोलकबोल गर्दैछ ।
९१ दिने र १८२ दिने गरी दुई किसिमको ट्रेजरी जारी गर्न लागेको कार्यालयले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड छुट्टाएको छ । तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । आज ३ बजे बोलकबोल हुने ट्रेजरी बिल भोलि मंगलबार जारी गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण