बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

सरकारी ऋणपत्र तथा बण्डहरु अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने

सोमबार, १९ चैत २०८०, १२ : ०८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । सरकारी ऋणपत्र तथा बण्डहरु अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन अब ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको हो । 

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आइसकेकाले नेपाल सरकारको आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी ऋण व्यवस्थापनका कार्यालयबाटै हुने कार्यालयले जनाएको हो । 

यसअघि यस्तो ऋणपत्र तथा बण्डहरुको निष्कासन तथा व्यवस्थापन केन्द्रीय बैंकमार्फत हुँदै आएको थियो । तथापि, यस्तो कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ऋण सापटी तथा भुक्तानीको कार्य सम्पादन कार्यालयबाट हुने बताइएको छ । 

चैत १९ गतेदेखि ऋणपत्र निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी दिएको कार्यालयले आजै १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र (ट्रेजरी बिल) बोलकबोल गर्दैछ । 

९१ दिने र १८२ दिने गरी दुई किसिमको ट्रेजरी जारी गर्न लागेको कार्यालयले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड छुट्टाएको छ । तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । आज ३ बजे बोलकबोल हुने ट्रेजरी बिल भोलि मंगलबार जारी गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप