हावाहुरी पीडितलाई राहत दिन एमाले सांसद गैरेको माग
सोमबार, १९ चैत २०८०, १२ : ३९
काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले हावाहुरीका कारण मृत्यु भएका भुवन सिञ्जालीको परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । हावाहुरीले पाल्पाकै रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको सांसद गैरेको भनाइ छ ।
असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको उनले बताए । ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,’ गैरेले भने ,‘ बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण