बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरी पीडितलाई राहत दिन एमाले सांसद गैरेको माग

सोमबार, १९ चैत २०८०, १२ : ३९
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले हावाहुरीका कारण मृत्यु भएका भुवन सिञ्जालीको परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । 

शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । हावाहुरीले पाल्पाकै रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको सांसद गैरेको भनाइ छ । 

असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको उनले बताए । ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,’ गैरेले भने ,‘ बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप