सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।
यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरू मार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण