बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘डिग्री माइला’ नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने

मङ्गलबार, २० चैत २०८०, १४ : २०
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । दयाहाङ राई अभिनीत फिल्म हो ‘डिग्री माइला’ । आगामी शुक्रबारदेखि देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म डायस्पोरामा सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्न लागेको जानकारी दियो ।

निर्माण युनिटका अनुसार फिल्म अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा प्रदर्शनमा आउनेछ । त्यस्तै अमेरिकाका ४० बढी सहरमा रिलिज हुँदैछ । 

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।

दयाहाङ र आँचलको अलवा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्ममा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन् । क्रिश लामा कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप