जर्मन फुटबल महासङ्घद्वारा ४४ नम्बरको जर्सी प्रयोगमा रोक
मङ्गलबार, २० चैत २०८०, १४ : ३१
काठमाडौँ । जर्मन फुटबल महासङ्घ र एडीडासले जर्मनीको राष्ट्रिय फुटबल टोलीको जर्सी बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ । खेलकुद सम्बन्धि सामाग्री उत्पादन गर्ने विश्व चर्चित कम्पनी एडिडास र राष्ट्रिय फुटबल महासङ्घले जर्मनीको ४४ नम्बरको जर्सी प्रयोगमा रोक लगाएको हो ।
समर्थकहरुलाई समेत ४४ नम्बरको जर्सी प्रयोग गर्नबाट रोक लगाइएको छ । जर्सीमा ४४ नम्बर प्रिन्ट गर्दा नाजी पार्टीको लोगो (अंग्रेजी अक्षर एसएस) जस्तो देखिन गएकाले उक्त जर्सी प्रयोगमा रोक लगाइएको समाचारमा जनाइएको छ ।
जर्सीमा सुधार गरेर पुनः बजारमा ल्याइने एडीडासले जनाएको छ । ‘यसमा कसैको दोष वा संलग्नता छैन । जर्सी नम्बरको डिजाइन गर्दा भुलवस यस्तो हुन गएको हो,’ जर्मन फुटबल महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण