मुख्यमन्त्री शर्माले बोलाए संसदीय दलको बैठक, राजीनामाबारे निर्णय हुने
काठमाडौँ । राजीनामा दिन चौतर्फी दबाब झेलिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन उनले प्रदेशसभा बैठकअघि संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक रनसिंह परियारले रातोपाटीलाई बताए ।
परियारले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न तयार भए पनि एमालेले नमानेको आरोप लगाए ।
‘हामी विश्वासको मत लिने आडानमै छौँ । प्रदेश सभामा दर्ता भएको प्रस्ताव संवैधानिक प्रक्रियाबाट निकास खोज्नु राम्रो हुन्छ’, उनले भने, ‘विश्वासको मत लिएपछि केही समयमा सत्ता हस्तान्तरणका लागि लिखित सहमति गर्न तयार हुनुहुन्छ । तर एमालेले मानेका छैनन् । अब के गर्ने भन्नेबारे बैठकमा छलफल हुन्छ। संवैधानिक प्रक्रियामा गएपछि त्यसलाई रोक्न मिल्दैन । त्यसबारे निर्णय लिन संसदीय दलको बैठक बोलाइएको छ ।’
मंगलबार बसेको संसदीय दलको बैठकले विश्वासको मत लिन मुख्यमन्त्रीलाई एकमतले सुझाव दिएको उनले बताए । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण