बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मुख्यमन्त्री शर्माले बोलाए संसदीय दलको बैठक, राजीनामाबारे निर्णय हुने

बुधबार, २१ चैत २०८०, १२ : ०१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । राजीनामा दिन चौतर्फी दबाब झेलिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन उनले प्रदेशसभा बैठकअघि संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक रनसिंह परियारले रातोपाटीलाई बताए । 

परियारले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न तयार भए पनि एमालेले नमानेको आरोप लगाए । 

‘हामी विश्वासको मत लिने आडानमै छौँ । प्रदेश सभामा दर्ता भएको प्रस्ताव संवैधानिक प्रक्रियाबाट निकास खोज्नु राम्रो हुन्छ’, उनले भने, ‘विश्वासको मत लिएपछि केही समयमा सत्ता हस्तान्तरणका लागि लिखित सहमति गर्न तयार हुनुहुन्छ । तर एमालेले मानेका छैनन् । अब के गर्ने भन्नेबारे बैठकमा छलफल हुन्छ। संवैधानिक प्रक्रियामा गएपछि त्यसलाई रोक्न मिल्दैन । त्यसबारे निर्णय लिन संसदीय दलको बैठक बोलाइएको छ ।’

मंगलबार बसेको संसदीय दलको बैठकले विश्वासको मत लिन मुख्यमन्त्रीलाई एकमतले सुझाव दिएको उनले बताए । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप