च्याटजीपीटी चलाउन एकाउन्ट नचाहिने

काठमाडौँ । च्याटजीपीटी चलाउन अहिले खाता बनाउनु पर्छ । तर धेरैलाई यो निकै झन्झटिलो पनि लाग्न सक्छ । तर छिट्टै च्याटजीपीटीलाई खाता नखोलीकन पनि चलाउन सकिने छ । च्याटजीपीटीको निर्माता ओपनएआईले यो फिचर ल्याएपछि च्याटजीपीटी सबैका लागि उपलब्ध हुनेछ ।
ओपनएआईले हालै एउटा ब्लगमा च्याटजीपीटी चलाउन खाता बनाउन जरुरत नहुने बताएको हो । ब्लगका अनुसार यो फैसलापछि १८५ देशका करिब १० करोड मानिसहरूले च्याटजीपीटीको मद्दतले केही नयाँ सिक्ने मौका पाउने बताइएको छ । यसको सुरुआत भइसकेको बताइएको छ ।
के छ समस्या ?
यसमा एउटा समस्या छ । तपाईँले खाता नखोलीकन च्याटजीपीटी चलाउनु भयो भने तपाईँको डेटा एआई टूललाई तालिम दिन प्रयोग गरिनेछ । यसको अर्को घाटा चाँहि तपाईँको च्याट सेभ भएर बस्ने छैन । साइट बन्द गर्ने बित्तिकै च्याट हिष्ट्री पनि नष्ट हुनेछ । यति मात्रै होइन भ्वाईस च्याट, कष्टम इन्ष्ट्रक्शन जस्ता फिचर पनि पाइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक