च्याटजीपीटी चलाउन एकाउन्ट नचाहिने
काठमाडौँ । च्याटजीपीटी चलाउन अहिले खाता बनाउनु पर्छ । तर धेरैलाई यो निकै झन्झटिलो पनि लाग्न सक्छ । तर छिट्टै च्याटजीपीटीलाई खाता नखोलीकन पनि चलाउन सकिने छ । च्याटजीपीटीको निर्माता ओपनएआईले यो फिचर ल्याएपछि च्याटजीपीटी सबैका लागि उपलब्ध हुनेछ ।
ओपनएआईले हालै एउटा ब्लगमा च्याटजीपीटी चलाउन खाता बनाउन जरुरत नहुने बताएको हो । ब्लगका अनुसार यो फैसलापछि १८५ देशका करिब १० करोड मानिसहरूले च्याटजीपीटीको मद्दतले केही नयाँ सिक्ने मौका पाउने बताइएको छ । यसको सुरुआत भइसकेको बताइएको छ ।
के छ समस्या ?
यसमा एउटा समस्या छ । तपाईँले खाता नखोलीकन च्याटजीपीटी चलाउनु भयो भने तपाईँको डेटा एआई टूललाई तालिम दिन प्रयोग गरिनेछ । यसको अर्को घाटा चाँहि तपाईँको च्याट सेभ भएर बस्ने छैन । साइट बन्द गर्ने बित्तिकै च्याट हिष्ट्री पनि नष्ट हुनेछ । यति मात्रै होइन भ्वाईस च्याट, कष्टम इन्ष्ट्रक्शन जस्ता फिचर पनि पाइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण