पार्टी आह्वानलाई लत्याउँदै जसपाका कार्यकर्ता राजेन्द्र महतोको अभियानमा सहभागी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केही नेता-कार्यकर्ता राजेन्द्र महतोले सुरु गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सहभागी भएका छन् । जसपाका मकवानपुर जिल्ला उपाध्यक्ष नेता योगबहादुर ब्लोनसहितका नेता कार्यकर्ताहरू राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा प्रवेश गरेका हुन् ।
अभियानको कार्यक्रम लिएर हेटौँडा पुगेका महतोको कार्यक्रममा सहभागी नहुन जसपाले आफ्ना पार्टी कार्यकर्तालाई आह्वान गरेको थियो । सो आह्वानप्रति आपत्ति जनाउँदै जसपाका मकवानपुर जिल्ला उपाध्यक्ष ब्लोन लगायतका नेता अभियानमा प्रवेश गरेका हुन् ।
महतोको अभियानमा सहभागी नहुनका लागि जसपा मकवानपुरका अध्यक्ष सोमबहादुर ब्लोनले विज्ञप्ति जारी गरेका थिए ।
ब्लोनले भनेका छन्, ‘ताम्सालिङ प्राप्तिका लागि आज (चैत २१) हेटौँडामा हुन गइरहेको ताम्सालिङ बृहत् जनप्रदर्शनमा मैले पनि ऐक्यबद्धता जनाइरहेको अवस्थामा म आबद्ध रहेको जसपाबाट सो जनप्रदर्शनमा सहभागी नहुनका लागि प्रेस विज्ञप्ति जारी गरी मुक्ति खातिर भइरहेको सङ्घर्षलाई धज्जी उडाएका कारण मैले त्यो पार्टी परित्याग गरेको हुँ ।’
ताम्सालिङ मुक्तिका लागि भइरहेको सङ्घर्षलाई जसपाले पनि सघाउनुपर्ने तर उल्टै त्यसको विरोध गरेपछि आफू पार्टी छाड्ने निष्कर्षमा पुगेको उनले बताएका छन् । ब्लोनले जसपा उत्पीडित जाति, वर्ग विरोधी भएको समेत टिप्पणी गरेका छन् । उनले आफूसहित सयौँ कार्यकर्ता जसपा छाडेर अभियानमा लागेको समेत दाबी गरेका छन् ।
अभियानमा लाग्ने नेता कार्यकर्ताहरूले भने अहिले नै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरिनसकेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण