पोखरामा १९ औँ फेवा नव वर्ष महोत्सव हुने
काठमाडौँ । होटल संघ पोखराको आयोजनामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
चैत २९ देखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । ‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ । कोभिड १९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै विदेशमा पनि राम्रो सन्देश गइरहेको बताए । उनले फेवा महोत्सवले पोखराको झनै प्रचार हुने बताए । उनले सरकारले सडक व्यवस्थित बनाउन र विमानस्थल सञ्चालन गर्न पहल गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले काम गरेपछि सरकारबाट हुने काम पनि समयमा हुनुपर्ने दबाब जाने बताए ।
महोत्सवमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवर्द्धन गर्ने, परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने, सांस्कृतिक झाँकीका कार्यक्रम, कलाकारहरूको प्रस्तुति, पर्यटक दौड प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा समेटिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण