म बाँचुञ्जेल श्रीदेवीको बायोपिक बन्न दिन्न : बोनी कपूर

नयाँ दिल्ली । निर्माता बोनी कपुर यतिबेला आफ्नो फिल्म ‘मैदान’लाई लिएर चर्चामा छन् । अजय देवगन स्टारर यो फिल्म रिलिजको तयारीमा छ ।
यतिबेला फिल्मको सम्पूर्ण टिम मैदानको प्रमोसनमा व्यस्त छ । यसैबिच, एक अन्तर्वार्तामा बोनी कपूरले आफ्नी स्वर्गीय पत्नी श्रीदेवीको बारेमा कुरा गरेका थिए ।
‘उनी एकदमै निजी व्यक्ति थिइन् र उनको जीवन निजी रहनुपर्छ । मलाई लाग्दैन कि बायोपिक कहिले बन्नेछ । जबसम्म म जीवित हुन्छु, म यो हुन दिन्न,’ अन्तर्वार्तामा बोनीले श्रीदेवीको बायोपिक बनाउने योजनाबारे भनेका थिए ।’
श्रीदेवी बलिउडकी सबैभन्दा लोकप्रिय र चर्चित अभिनेत्री थिइन् । आफ्नो करियरमा उनले चाँदनी, इङ्लिस–भिङ्लिस जस्ता कयौँ उत्कृष्ट चलचित्रमा अभिनय गरेका थिइन् । श्रीदेवीको आफ्नो व्यक्तिगत जीवन पनि निकै चर्चामा रह्यो । सन् २०१८ को फेब्रुअरी २४ मा श्रीदेवीको निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित हुनुपर्छ : शेखरकुमार सिंह
-
अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो
-
आरक्ष पीडितको समस्या समाधान गर्ने अधिकार स्थानीय सरकारसँग छैन
-
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
-
१६ उपाधि र प्रशिक्षक ग्वार्डियोलाको आँखामा आँसुदेखि रङ्गशाला परिसरमा प्रतिमासम्म
-
आरक्ष पीडितको आँखामा छारो हाल्ने काममात्रै भयो