म बाँचुञ्जेल श्रीदेवीको बायोपिक बन्न दिन्न : बोनी कपूर
नयाँ दिल्ली । निर्माता बोनी कपुर यतिबेला आफ्नो फिल्म ‘मैदान’लाई लिएर चर्चामा छन् । अजय देवगन स्टारर यो फिल्म रिलिजको तयारीमा छ ।
यतिबेला फिल्मको सम्पूर्ण टिम मैदानको प्रमोसनमा व्यस्त छ । यसैबिच, एक अन्तर्वार्तामा बोनी कपूरले आफ्नी स्वर्गीय पत्नी श्रीदेवीको बारेमा कुरा गरेका थिए ।
‘उनी एकदमै निजी व्यक्ति थिइन् र उनको जीवन निजी रहनुपर्छ । मलाई लाग्दैन कि बायोपिक कहिले बन्नेछ । जबसम्म म जीवित हुन्छु, म यो हुन दिन्न,’ अन्तर्वार्तामा बोनीले श्रीदेवीको बायोपिक बनाउने योजनाबारे भनेका थिए ।’
श्रीदेवी बलिउडकी सबैभन्दा लोकप्रिय र चर्चित अभिनेत्री थिइन् । आफ्नो करियरमा उनले चाँदनी, इङ्लिस–भिङ्लिस जस्ता कयौँ उत्कृष्ट चलचित्रमा अभिनय गरेका थिइन् । श्रीदेवीको आफ्नो व्यक्तिगत जीवन पनि निकै चर्चामा रह्यो । सन् २०१८ को फेब्रुअरी २४ मा श्रीदेवीको निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी : चार लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड
-
केप भर्डेले रच्यो इतिहास: उरुग्वे २–२ को बराबरीमा रोकियो
-
कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
-
रैथाने गाई सङ्कटमा
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण