सामसङले ल्यायो एआई फ्रिज, इन्ष्टाग्राम चलाउनेदेखि स्मार्ट वाशिङ मशिनसम्मका सुविधा
सोल । होम एपलायन्स, विशेषगरी स्मार्ट टेकको दुनियाँमा दक्षिण कोरियाली कम्पनी सामसङ प्रथप्रदर्शक हो भन्दा पनि हुन्छ । कम्पनीले बिहीबार एआई फ्रिज लन्च गरेको छ ।
कम्पनीले एआईयुक्त बीस्पोक फ्रिज ल्याएको हो । फ्रिज इनबिल्ट वाईफाईको साथमा आएको छ । यसको साथमा इन्टरनल क्यामरा र एआई चिपसेटको पनि प्रयोग गरिएको छ । क्यामराले फ्रिजभित्र भएका ३३ वटा आइटमलाई चिन्न सक्ने बताइएको छ ।
फ्रिज प्रडक्ट इजी कन्ट्रोलको साथमा आएको छ । यसलाई स्मार्ट थिङ्ग्स एपमार्फत कन्ट्रोल गर्न सकिनेछ । फ्रिजले युजर्स बिहेभियरबाट सिक्नेछ र सोही अनुसार फ्रिजलाई कन्ट्रोल गर्नेछ । यसमा युजरले इन्ष्टाग्राम चलाउन सक्ने बताइएको छ । कम्पनीले फ्रिजको मूल्यबारे बताएको छैन । फ्रिजमा स्मार्ट टिभी प्यानल पनि जडान गरिएको छ ।
यो स्क्रिनमा युजरले फ्रिजभित्र भएका सबै सामान हेर्न र त्यसको एक्सपायरी म्याद पनि चेक गर्न सक्नेछन् । टिभी प्यानलमा युजरले खाना बनाउने रेसिपी पनि हेर्न सक्नेछन् । यसले फ्रिजमा भएको सामानबाट बन्ने रेसिपी बताइदिनेछ । फ्रिजमा भएको स्मार्ट टिभी प्यानलको मद्दतले स्मार्ट वाशिङ मशिन, माइक्रोवेब र एसी आदिलाई पनि कन्ट्रोल गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण