‘सी’ डिभिजन लिग सुरु, आरसी ३२ को विजयी सुरुवात
काठमाडौँ । सुर्खेतको आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सुखद सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युवा फुटबल क्लबमाथि १–० को जितसँगै यस सिजनको ‘सी’ डिभिजनमा सुखद सुरुवात गरेको हो । स्ट्राइकर बबिन बोहोरोको गोल नै आरसी–३२ को जितका लागि निर्णायक बन्यो । सुर्खेतको आरसी ३२ गत सिजन पनि ‘बी’ डिभिजनमा उक्लिनबाट दुई अंकले चुकेको थियो । यस सिजन पनि खालीबारीलाई हराउँदै राम्रो संकेत गरेको छ । आरसी ३२ ले खेलको २२ औं मिनेटमा अग्रता लिएको थियो ।
पेनाल्टी बक्सको बायाँ भागबाट किस्मत लिम्बुले दिएको बललाई बबिनले वान टच गर्दै गोल गरेका हुन् । खालीबारीका गोलकिपर मनोज तामाङले बबिन प्रहार रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । त्यसको दुई मिनेटपछि नै खालीबारीको खेलमा फर्कन प्रयास सफल भएन । खालीबारीको आक्रमणलाई आरसी ३२ गोलकिपरले उत्कृष्ट बचाउँदै गर्दै आफ्नो टोलीको अग्रता जोगाए । दोस्रो हाफमा दुबैतर्फ प्रयास भएपनि गोल सम्भावन भएन र रोहित चन्दको क्लब आरसी ३२ ले संघर्षपूर्ण जित निकाल्यो ।
यो जितसँगै राष्ट्रिय टोलीका मिडफिल्डर रोहन कार्कीको नेतृत्वमा रहेको आरसी ३२ यस पटक ‘बी’ डिभिजनमा बढुवा हुने संकेत गरेको छ । सिंगल राउण्ड रोबिनका आधारमा हुने ‘सी’ डिभिजन लिगमा कुल १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका अधिकांश खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । च्यासल र दशरथ रंगशालालाई भने वैकल्पिक मैदानका रूपमा तय गरिएको छ । लिगमा कुल ९१ खेलहरू हुनेछन् ।
लिगको विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । लिगका उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउने भएका छन् । उत्कृष्ट खेलाडीलाई भने ५० हजार रुपैयाँ प्रदान गरिनेछ । प्लेयर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण