आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रामायण’की सीता काठमाडौँमा

शुक्रबार, २३ चैत २०८०, २२ : ०३
शुक्रबार, २३ चैत २०८०

काठमाडौँं । चर्चित धार्मिक सिरियल ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी छन् । उनी शुक्रबार काठमाडौँ आइपुगेकी हुन् ।

अभिनेत्री दीपिका सामाजिक संस्था जनजाति कल्याण आश्रमको शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने १४ औँ वार्षिकोत्सवमा भाग लिन नेपाल आएकी हुन् l उनी नेपाल कति बस्ने र कहाँ कहाँ भ्रमण गर्ने भन्ने खुलाइएको छैन ।

रामानन्द सागर निर्देशित ‘रामायण’ बाट चर्चित बलिउड अभिनेत्री दीपिकाले मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । उनी भारतीय लोकसभाकी पूर्वसांसद समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप