शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
र्‍याफ्टिङको रोमाञ्च, तस्बिरहरू
फोटोफिचर

र्‍याफ्टिङको रोमाञ्च, तस्बिरहरू

शनिबार, २४ चैत २०८०
  • नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । गर्मीको सिजन सुरु भएसँगै काठमाडौँबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रमाइलो गर्नका लागि लोकप्रिय गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्टहरू र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको हो । 

rafting (1)

र्‍याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन् । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् । 

rafting (2)

यसमा र्‍याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड लगायत छन् । यहाँ भएका विभिन्न रिसोर्टहरूले साहसिक गतिविधि पनि सञ्चालन गरेका छन् । 

rafting (3)

सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्छ ।

rafting (4)rafting (5)rafting (6)rafting (7)rafting (8)rafting (9)rafting (10)rafting (11)rafting (12)rafting (13)rafting (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया