फिल्म ‘रुमानी रङ्ग’का लागि ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी
काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनिअर डिजाइनरहरूले निर्माणाधीन नेपाली फिल्म ‘रुमानी रङ्ग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्ययनरत २० जना विद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको छ ।
ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबिच सम्झौता भएको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जनले जानकारी दिइन् । सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जन र शिक्षा विभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।
आईआईएफटीका फेसन डिजाइनरहरूले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दै छन् । उक्त फिल्मको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण