इलाम–२ मा खड्काले गराए उम्मेदवारी दर्ता
इलाम । इलाम–२ उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्काले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का नेपाली कांग्रेस इलामको जिल्ला सभापति हुन् । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए ।
त्यतिबेला नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
-
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण