थाप्लोमा खानेपानी बोकेर खाने दिनको अन्त्य हुन्छ : मन्त्री राई
धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।
साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री राईले आज ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताएका हुन् ।
“अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ”, उनले भने, “ यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु ।” हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उनको भनाइ थियो । मन्त्री राईले धनकुटाको खानेपानी समस्या समधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।
मन्त्री राईलाई आज बिहान साँगुरीगढी वडा नं ५ को डाँडाबजारमा रहेको भानु उच्च माविले बधाई तथा सम्मान गरेको थियो । सो कार्यक्रममा राईले सो वडाको डाँडाबजारमा रहेको खानेपानी व्यवस्थापनका लागि रु एक करोड बजेट उपलब्ध गराउने बाचा गरे ।
चालु आर्थिक वर्षमा बजेट उपलब्ध गराउन नसके पनि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने मन्त्री राईले जानकारी दिए । त्यस्तै मन्त्री राई चौबीसे गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चौबीसे गाउँ कमिटीले गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्री राईले आजै सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रम र चौबिसे गाउँपालिकाको सहयोगमा रु एक करोड ९७ लाख लागतमा नवनिर्मित पुण्य माविको १२ कोठे भवन उद्घाटन गरे ।,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण