शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थाप्लोमा खानेपानी बोकेर खाने दिनको अन्त्य हुन्छ : मन्त्री राई

शनिबार, २४ चैत २०८०, २२ : १८
शनिबार, २४ चैत २०८०

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।

साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री राईले आज ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताएका हुन् ।

 “अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ”, उनले भने, “ यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु ।” हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उनको भनाइ थियो । मन्त्री राईले धनकुटाको खानेपानी समस्या समधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।

मन्त्री राईलाई आज बिहान साँगुरीगढी वडा नं ५ को डाँडाबजारमा रहेको भानु उच्च माविले बधाई तथा सम्मान गरेको थियो । सो कार्यक्रममा राईले सो वडाको डाँडाबजारमा रहेको खानेपानी व्यवस्थापनका लागि रु एक करोड बजेट उपलब्ध गराउने बाचा गरे ।

चालु आर्थिक वर्षमा बजेट उपलब्ध गराउन नसके पनि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने मन्त्री राईले जानकारी दिए । त्यस्तै मन्त्री राई चौबीसे गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चौबीसे गाउँ कमिटीले गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए ।
 
मन्त्री राईले आजै सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रम र चौबिसे गाउँपालिकाको सहयोगमा रु एक करोड ९७ लाख लागतमा  नवनिर्मित पुण्य माविको १२ कोठे भवन उद्घाटन गरे ।,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप