लगातार ६ वटा फाइनल गुमाएपछि बिल्बाओलाई ४० वर्षपछि उपाधि
मड्रिड । लगातार ६ वटा फाइनल खेल गुमाएको शृङ्खला अन्त्य गर्दै एथ्लेटिक बिल्बओले कोपा डेल रेको उपाधि हात पारेको छ । नाटकीय पेनाल्टी सुटआउटमा मायोर्कालाई हराउँदै क्लबले उपाधिका लागि ४० वर्षको प्रतीक्षा अन्त्य गरेको हो ।
शनिबार भएको खेलमा टोली पेनाल्टीमा ४–२ गोल अन्तरले विजयी बन्यो । क्लबले सन् १९८४ पछि पहिलोपटक उपाधि जितेको हो । यसअघि निर्धारित समयको खेलको २१ औँ मिनेटमा ड्यानी रोड्रिग्वेजले मायोर्कालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा ओइहान सानचेटले बिल्बाओका लागि बराबरी गोल फर्काए ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । मायोर्काका लागि मानु मोरालेसको प्रहार गोलकिपरले रोके भने नेमान्जा राडोज्निकको प्रहार बाहिरिएको थियो । बिल्बाओका लागि सबै खेलाडीले गोल गरे ।
बिल्बाओले कोपा डेल रेको उपाधि हात पारेको यो २४ औँ पटक हो । टोलीभन्दा अघि बार्सिलोनाले मात्र ३१ पटक यो कप उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण