शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

गण्डकीको मुख्यमन्त्रीमा खगराजद्वारा दाबी पेस, मनाङेको पनि समर्थन

आइतबार, २५ चैत २०८०, ११ : १५
आइतबार, २५ चैत २०८०

पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।  

यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । 

एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्‍याएर दावी पेस गरिएको अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप