सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

आइतबार, २५ चैत २०८०, ११ : ३७
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार २ हजार ९०० रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । शुक्रवार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढिरहेको हो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । 

गत साताको शुक्रवार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप