भिक्षुमाथिको दुर्व्यवहारबारे छानबिन हुन्छ : एसएसपी खत्री
काठमाडौँ । काठमाडौँको भद्रकालीमा शनिबार प्रदर्शनको क्रममा एक जना लामा भिक्षुमाथि भएको दुर्व्यवहारकाे छानबिन हुने भएको छ । भिड नियन्त्रणमा खटिएका प्रहरीले लामा भिक्षुलाई अपमानजनक ढंगले लात्ताले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
भद्रकालीको घटनाबारे छानबिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने– ‘सो घटनाबारे छानबिन गर्छु ।’
राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा तामाङ मुक्ति बाहिनीको ब्यानरमा लामा भिक्षुहरू पनि प्रदर्शनमा सहभागी थिए ।
प्रदर्शनस्थलबाट १० जना पक्राउ परेका थिए । पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाइने एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण