भिक्षुमाथि भएको दुर्व्यवहारको आलोचना
आइतबार, २५ चैत २०८०, १२ : ५६
काठमाडौँ । बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो ।
अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबिच झडप भएको थियो । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडियो र फोटोमा देख्न सकिन्छ । यसैबिच प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण