सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८० सुरु
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २५ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले दीप प्रज्वलन गरी खेलकुद प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू गरी नौ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरू समावेश छन् ।
उद्घाटन खेल अन्तर्गत आइतबार भएको १०० मिटर दौड पुरुषतर्फ नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी जवान सुशील के.सी, नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका सशस्त्र प्रहरी जवानद्वय सुशील कुमार यादव र राजु महतो उराव क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने १०० मिटर दौड महिलातर्फ नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका सशस्त्र प्रहरी जवान नानीमायाँ माझी, नं. ९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी जवानद्वय पूजा थापा र जोशीला श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण