काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग
सोमबार, २६ चैत २०८०, ०७ : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि आवेदन आह्वान गरेको छ ।
महानगरपालिकाको स्वर्णिम योजना, 'एग्रो पुलिङ कार्यक्रम' मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ जना जनशक्ति आवश्यक रहेको बताएको हो । यसका लागि कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण हुनुपर्ने भनिएको छ ।
यस कार्यका लागि इच्छुकहरूलाई ७ दिनभित्र internship. kathmandu.gov.np बाट आवेदन दिनका लागि सूचित गरिएको छ। अनलाइन फाराम भर्न कठिनाइ भए ९८१४३०००२८ मा सम्पर्क गर्न सकिनेछ । इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता बमोजिम हुने महानगरको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण