बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग

सोमबार, २६ चैत २०८०, ०७ : ३७
सोमबार, २६ चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाको स्वर्णिम योजना, 'एग्रो पुलिङ कार्यक्रम' मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ जना जनशक्ति आवश्यक रहेको बताएको हो । यसका लागि कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण हुनुपर्ने भनिएको छ ।

यस कार्यका लागि इच्छुकहरूलाई ७ दिनभित्र internship. kathmandu.gov.np बाट आवेदन दिनका लागि सूचित गरिएको छ। अनलाइन फाराम भर्न कठिनाइ भए ९८१४३०००२८ मा सम्पर्क गर्न सकिनेछ । इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता बमोजिम हुने महानगरको भनाई छ ।

ktm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप