राष्ट्रिय सभा उपाध्यक्षबाट पछि हट्ने एकीकृत समाजवादीको सङ्केत !
काठमाडौँ । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा उपाध्यक्ष दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादी पछि हट्ने सङ्केत देखिएको छ ।
दुई दिनपछि चैत २८ गते हुने उपाध्यक्षको निर्वाचनका लागि सो पार्टीले अहिलेसम्म उम्मेदवार नै छनोट नै नगरेकाले उपाध्यक्षको दाबीबाट पार्टी पछि हट्ने सङ्केत देखिएको एकीकृत समाजवादीका एक नेताले बताए ।
‘पार्टीमा उपाध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने छलफल भएको छैन’, ती नेताले भने, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट पछि हटेको बुझिन्छ ।’
फागुन २१ मा बनेको एमाले नेतृत्वको चार दलको सहमतिमा राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई निर्वाचित गर्ने सहमति थियो । दलहरुको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भैसकेका छन् ।
तर सत्ता समीकरणमा एकीकृत समाजवादी थपिएसँगै फागुन २९ गते भएको पाँच दलको आठ बुँदे सहमतिमा उपाध्यक्षबारेको सहमति हटाइयो । पछिल्लो सहमतिसँगै उपाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिने भद्र सहमति भएको सो पार्टीका नेताहरूले बताउँदै आएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादीका नेताहरूले राष्ट्रिय सभा उपाध्यक्ष पद एकीकृत समाजवादीको भागमा परेको दाबी समेत गरेका थिए । तर त्यसबारे कुनै लिखित सहमति भने नभएको नेताहरूको भनाइ छ ।
‘हामीले त्यसबेला नै उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारलाई जिताउने भनेर लिखित सहमति गर्नुपर्छ भनेका थियौ’, सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीसँग भने, ‘हामीले त्यसो भन्दा पछि सल्लाह गरौँला भनेपनि अहिलेसम्म कुनै छलफल पनि भएको छैन र एमालेले पनि सल्लाह नै नगरी उम्मेदवार घोषणा गरिसकेको छ ।’ नेता पाण्डेले उपाध्यक्ष पदमा पार्टीले उम्मेदवार दिने-नदिने बारे कुनै निर्णय भैनसकेको बताए । ‘अहिलेसम्म कुनै निर्णय भएको छैन । हामी छिटै निर्णय गर्छौ’, पाण्डेको भनाइ छ ।
यता सत्ता गठबन्धनको ठुलो नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीका ८ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण