२३ औँ महिना पनि घट्यो जापानमा वास्तविक तलब
टोकियो । जापानमा वास्तविक तलब घट्ने क्रम रोकिने कुनै सङ्केत छैन । महँगीसँग समायोजन गरेपछिको वास्तविक तलब लगातार २३ औँ महिना पनि घटेको छ ।
श्रम मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्कका अनुसार एक वर्ष अघिको तुलनामा फेब्रुअरीमा वास्तविक तलब १ दशमलव ३ प्रतिशतले घटेको छ ।
जनवरीमा तलब १ दशमलव १ प्रतिशतले घटेको संशोधित तथ्याङ्कले देखाएको थियो । महँगीसँग समायोजन नगर्दा भने तलब वार्षिक १ दशमलव ८ प्रतिशतले बढेको छ । बोनससमेतको विशेष भुक्तानी पनि गएको वर्षको सोही अवधिको तुलनामा साढे ५ प्रतिशतले घटेको छ । जापानी कर्मचारी सङ्गठनहरूले ३३ वर्षयताकै उच्च तलब वृद्धि गरेको केही हप्तामै यो तथ्याङ्क आएको हो ।
कर्मचारी सङ्गठनमा धेरैजसो ठुला कम्पनीका कर्मचारी छन् । तलब वृद्धिले साना तथा मझौला आकारका कम्पनीमा काम गर्ने कर्मचारीलाई छुँदैन । सन् २०२२ को अप्रिलयता हरेक महिना महँगी बैंक अफ जापानको लक्षित स्तरभन्दा माथि रहँदै आएको छ । वास्तविक तलब बढ्नुको सट्टा उल्टै घटिरहँदा आम जापानी नागरिक मात्रै होइन त्यहाँ बसोबास गर्दै आएका नेपाली समेत विदेशी समुदायहरू महँगीको मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण