२३ औँ महिना पनि घट्यो जापानमा वास्तविक तलब

टोकियो । जापानमा वास्तविक तलब घट्ने क्रम रोकिने कुनै सङ्केत छैन । महँगीसँग समायोजन गरेपछिको वास्तविक तलब लगातार २३ औँ महिना पनि घटेको छ ।
श्रम मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्कका अनुसार एक वर्ष अघिको तुलनामा फेब्रुअरीमा वास्तविक तलब १ दशमलव ३ प्रतिशतले घटेको छ ।
जनवरीमा तलब १ दशमलव १ प्रतिशतले घटेको संशोधित तथ्याङ्कले देखाएको थियो । महँगीसँग समायोजन नगर्दा भने तलब वार्षिक १ दशमलव ८ प्रतिशतले बढेको छ । बोनससमेतको विशेष भुक्तानी पनि गएको वर्षको सोही अवधिको तुलनामा साढे ५ प्रतिशतले घटेको छ । जापानी कर्मचारी सङ्गठनहरूले ३३ वर्षयताकै उच्च तलब वृद्धि गरेको केही हप्तामै यो तथ्याङ्क आएको हो ।
कर्मचारी सङ्गठनमा धेरैजसो ठुला कम्पनीका कर्मचारी छन् । तलब वृद्धिले साना तथा मझौला आकारका कम्पनीमा काम गर्ने कर्मचारीलाई छुँदैन । सन् २०२२ को अप्रिलयता हरेक महिना महँगी बैंक अफ जापानको लक्षित स्तरभन्दा माथि रहँदै आएको छ । वास्तविक तलब बढ्नुको सट्टा उल्टै घटिरहँदा आम जापानी नागरिक मात्रै होइन त्यहाँ बसोबास गर्दै आएका नेपाली समेत विदेशी समुदायहरू महँगीको मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च