यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो
ललितपुर– यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताए ।
यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उनी भन्छन्, “पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम खुल्दैछन् ।”
विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा समेत यार्सागुम्बाले कर्णाली प्रदेशमा ठूलो परिवर्तन आएको देखाएको छ । धेरै जिल्लाका अधिकांश बासिन्दा यार्सागुम्बामाथि आश्रित भए पनि यसअघि यार्सागुम्बासम्बन्धी कुनै पनि अध्ययन भएको थिएन ।
यार्सागुम्बाको बढ्दो संकलनसँगै नार्कले केही समय पहिलेबाट अध्ययन थालेको हो । अहिले यार्सागुम्बाको प्रकार, पाटन खाली हुँदै जानुको कारण, संरक्षणका उपायसँगै आर्थिक र सामाजिक पाटोमा अध्ययन शुरु गरिएको छ । अहिले विभिन्न चरणका छलफल भइरहेको पौडेल बताउँछन् ।
उनी भन्छन्, “यार्सागुम्बाको वास्तविक अवस्था पत्ता लगाउनु र संरक्षणको उपाय खोज्नु हाम्रो उद्देश्य हो ।” विश्व बजारमा धेरै माग गरिँदै आएको यार्सागुम्बा दार्चुला, बझाङ, डोल्पा, हुम्ला, ताप्लेजुङलगायत जिल्लामा वैशाखदेखि असारसम्म संकलन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण