स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन नेपालमा हुने
काठमाडौँ । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्नका लागि हामीले नाराहरू बनाएर त्यसै अनुसार सहभागीहरू प्रस्तुत हुने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा पोलिसीका लागि निष्कर्षहरू निकालेर भोलिको दिनमा त्यो कुरा स्वास्थ्य मन्त्रालयमा पेस गरेर स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा अझ टेवा पुगेर सो शिखर सम्मेलन हुँदैछ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिब १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषद्ले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण