बेलायतमा नयाँ एआई अफिस खोल्दैछ माइक्रोसफ्ट
लन्डन । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले लन्डनमा कृत्रिम बौद्धिकता (एआई) अनुसन्धान र विकासका लागि नयाँ अफिस खोल्दैछ । कमपनीका एआई हाकिम मुस्तफा सुलेमानले यस्तो बताएका हुन् । आफूहरूले आगामी महिना र हप्तामा यस अफिसका लागि योग्य अद्वितीय व्यक्तिहरूको लागि विज्ञापन खुला गर्ने बताएका छन् ।
कति वटा जागिर सृजना गरिन्छ भन्नेबारे चाँहि उनले केही भनेका छैनन् । च्याटजीपीटीको निर्माता ओपनएआईमा माइक्रोसफ्ट मुख्य लगानीकर्ता हो । सुलेमानले बेलायतमा डिपमाइन्ड ल्याब नाम एआई अनुसन्धान ल्याबको सह–स्थापना गरेका थिए । यसलाई सन् २०१४ मा गूगलले किनेको थियो ।
नयाँ अफिसको नेतृत्व एआई इञ्जिनियर जोर्डन हफम्यानले गर्ने सुलेमानले भनेका छन् । हफम्यानले यसअघि डिपमाइन्ड र इन्फ्लेक्शनमा काम गरिसकेका छन् । यो अफिसले ओपनएआईका कर्मचारीसँग निकटमा रहेर सहकार्य गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण