बेलायतमा नयाँ एआई अफिस खोल्दैछ माइक्रोसफ्ट

लन्डन । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले लन्डनमा कृत्रिम बौद्धिकता (एआई) अनुसन्धान र विकासका लागि नयाँ अफिस खोल्दैछ । कमपनीका एआई हाकिम मुस्तफा सुलेमानले यस्तो बताएका हुन् । आफूहरूले आगामी महिना र हप्तामा यस अफिसका लागि योग्य अद्वितीय व्यक्तिहरूको लागि विज्ञापन खुला गर्ने बताएका छन् ।
कति वटा जागिर सृजना गरिन्छ भन्नेबारे चाँहि उनले केही भनेका छैनन् । च्याटजीपीटीको निर्माता ओपनएआईमा माइक्रोसफ्ट मुख्य लगानीकर्ता हो । सुलेमानले बेलायतमा डिपमाइन्ड ल्याब नाम एआई अनुसन्धान ल्याबको सह–स्थापना गरेका थिए । यसलाई सन् २०१४ मा गूगलले किनेको थियो ।
नयाँ अफिसको नेतृत्व एआई इञ्जिनियर जोर्डन हफम्यानले गर्ने सुलेमानले भनेका छन् । हफम्यानले यसअघि डिपमाइन्ड र इन्फ्लेक्शनमा काम गरिसकेका छन् । यो अफिसले ओपनएआईका कर्मचारीसँग निकटमा रहेर सहकार्य गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना
-
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु
-
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृत्यु
-
आमाको अन्तिम संस्कारमा जान पाकिस्तानले भिसा नदिएपछि....
-
दरबार हत्याकाण्डमा मारिनेहरूको सम्झनामा जनआन्दोलन समितिले दीप प्रज्वलन गर्ने
-
उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो निःशुल्क बस सेवा