अमेरिकन अवार्डका लागि लोकराजलाई भोट गर्न गीतकार सङ्घको अनुरोध
काठमाडौँ । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा आयोजना हुने छैटौँ ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट मनोनयनमा परेका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार सङ्घले अपिल गरेको छ । सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्घको आधिकारिक सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त अपिल गरेका हुन् ।
‘यस संस्थाका पूर्व कार्यसमिति सदस्य समेत रहेका लोकप्रिय गीतकार लोकराज अधिकारी अमेरिकाको एटलान्टामा आयोजना हुने आएसएसए सिंङगर सङ्ग राइटर्स अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनीत हुनु भएकोमा बधाई र शुभकामना’, बित्यासिले अगाडि थपेका छन् ‘समग्र नेपाली भाषी गीतकारहरूकै एक मात्र प्रतिनिधित्व भएको यस अवार्डमा गीतकार अधिकारीलाई टप २० मा पुराउनका लागि विश्वभर रहनु भएका नेपाली र नेपाली भाषी सबैले विद्युतीय भोट गरिदिनु हुन संस्थागत अपिल गर्दछौ ।’
इन्टरनेशनल सिइगर संङग राइटर्स एशोशिएनले आयोजना गर्न लागेको विभिन्न ४६ विधाको अवार्डमा नेपालबाट अधिकारी एक्लो मनोनयनमा परेका हुन् । उनी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन् ।
अधिकारी अर्जुन पोख्रेलको सङ्गीत प्रताप दाश र शान्ता जिसीको स्वर रहेको ‘यस्तो भाछ मलाई त’ बोलको गीतबाट मनोनयनमा परेका हुन् ।
अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । आयोजकले इलेक्ट्रोनिक भोटिङ खुला गरेको छ ।
गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको प्रतिक्रिया दिदै स्वदेश तथा विदेशमा रहनु भएका नेपालीलाई आफूलाई भोटका गर्न लागि अनुरोध गरेका छन् । भोटिङबाट टप २० को छनौट हुनेछ ।
गीतकार अधिकारीका ‘तिमिले पराई ठानेपछि’, ‘रूपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’, ‘हेप्नी मलाई’, ‘घन्काइदेऊ मादलु’, ‘रूपौली रानी’लगायत दर्जनौँ गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण