शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्टरलाई १४ अङ्कको अग्रता

मङ्गलबार, २७ चैत २०८०, ०९ : ३५
मङ्गलबार, २७ चैत २०८०

मिलान । उडिनेसेलाई हराउँदै इन्टर मिलानले इटालियन सिरिएको शीर्ष स्थानमा १४ अङ्कको फराकिलो अग्रता बनाएको छ । सोमबार भएको खेलमा इन्टर २–१ गोलले विजयी बन्यो ।

खेलमा अग्रता भने उडिनेसेले लिएको थियो । पहिलो हाफको अन्त्यतिर इन्टरको डिफेन्सको गल्तीको फाइदा उठाउँदै लाजार सामराडजिकले गोल गर्दै उडिनेसेलाई अग्रता दिलाए ।

तर, दोस्रो हाफको सुरुवातमा नै हाकान काल्हानोग्लुले पेनाल्टीबाट इन्टरका लागि बराबरी गोल फर्काए । यो सिजन क्लबका लागि उनको १० औँ गोल पनि थियो । 

बलमा ७७ प्रतिशत नियन्त्रण बनाए पनि सिमोन इन्जागीको टोलीलाई विजयी गोल गर्नका लागि इन्जुरी समयसम्म पर्खन परेको थियो । सब्सटिच्युट डेभिडे फ्राटेसीले ९५ औँ मिनेटमा विजयी गोल गर्दै इन्टरको पुनरागमन पूरा गरे ।

३१ खेलबाट ८२ अङ्कसहित इन्टर लिगको शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६८ अङ्क छ । उडिनेसे भने २८ अङ्कसहित १५ औँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप