बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘फ्रेण्डस सिनेमाज्’ धरान मंगलबारबाट पुनः सुरु

मङ्गलबार, २७ चैत २०८०, ११ : ४८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । प्राविधिक कारणले केही सातादेखि बन्द रहेको धरानस्थित फ्रेण्डस सिनेमाज् पुनः सुरु भएको छ । सञ्चालक पुष्कर घिमिरेले मंगलबारबाट हल पुनः सुचारु भएको जानकारी दिए ।

हल सुरु भएसँगै फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । महाजात्रा २९ गतेसम्म दैनिक ३ शो  प्रदर्शनमा आउनेछ । त्यसपछि चैत्र ३० गतेबाट हलमा फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शनमा आउनेछ ।

२२० सिट क्षमता रहेको हलमा फोके प्रोजेकशन, डल्बी एटमस साउण्ड सिस्टम, जेबिएल को साउण्ड सिस्टम , १८ बाइ ३४ को थ्रिडी पर्दा आरामदायी सिट छन् । दुई वटा पर्दा भएको हलको अहिले एक पर्दा मात्र सञ्चालनमा आएको हो । अर्को एक पर्दा वैशाखबाट मात्र सञ्चालनमा  आउने घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप