सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना

मङ्गलबार, २७ चैत २०८०, १२ : ०२
मङ्गलबार, २७ चैत २०८०

सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पाैडेलले बिशेष पुजा गर्नुका साथै टीका,फूल  तथा प्रसाद ग्रहण गरेका हुन् ।

राष्ट्रपति पाैडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । साे अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरे ।

RCP2

मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए । उनले काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने, ’सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप