सुनको आयात ५१ प्रतिशतले घट्यो, मूल्य आकासियो
काठमाडौँ । नेपाली बजारमा पछिल्लो पटक सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
चैत २० गते प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा परेको आर्थिक शिथिलताको प्रभाव बैंकको ब्याजदर घट्दो क्रममा रहनु, पेट्रोलियम पदार्थको मूल्य बढ्नु र शक्ति राष्ट्रहरुबिचको तनावपूर्ण स्थितिका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । जसले सुनको डिमान्ड बढाउँदा मूल्य पनि बढ्न गएको हो ।
त्यसो त अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य १ हजार ९०७.५५ अमेरिकी डलर रहेकोमा २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले बढेर २ हजार १६८.४० अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यो अवधिमा नेपाली बजारमा भने सुनको माग बढ्नुको साटो उल्टो घटेको तथ्यांकले देखाउँछ ।
५१ प्रतिशतले घट्यो सुनको आयात
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १७ अर्ब ५७ करोड ८० लाख ३० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशतले कमी हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मा यसको दोब्बर अर्थात् ३५ अर्ब ८६ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको थियो ।
खासगरी अन्तर्राष्ट्रिय बजारमा सेयर मार्केटलाई जस्तै सुनमा पनि लगानीलाई महत्वका साथ हेरिने भए पनि नेपालमा व्यक्तिगत प्रयोग र संस्कृतिसँग जोडेर मात्र हेर्ने गरिएको हुँदा उति माग बढ्न नसकेको हो । पछिल्लो समय नेपालमा पनि सुनमा लगानीका लागि नीति ल्याउनुपर्ने माग उठ्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण