सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

बिहीबार, २९ चैत २०८०, ०८ : २६
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए । पीएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक एक गोल फर्काए ।

३७ औँ मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । उसका लागि राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुमै २ गोल थप्दै अग्रता लिएको थियो । ४८ औँ मिनेटमा ओस्मन डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । ५० औँ मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि घरेलु मैदानमा पीएसजीले २–१ को अग्रता लिएको थियो । त्यो अग्रता १२ मिनेटमात्रै टिक्यो । 

६२ औँ मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ७७ औँ मिनेटमा क्रिस्टियनसेनले गुन्डोगनको पासमा गोल गरेपछि बार्सिलोनाले अन्ततः ३–२ को जित निकाल्न सफल भयो । अब दोस्रो लेगको खेल १७ अप्रिलमा बार्सिलोनाको मैदानमा हुने छ ।

च्याम्पियन्स लिगकै क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप