‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
सारांश
- हास्य कलाकार जितु नेपाल ‘कमेडी च्याम्पियन’को चौथो सिजनमा निर्णायकको भूमिकामा देखिने भएका छन् ।
- उनले आफू लामो समयदेखि कमेडीमा रहेकाले निर्णायकको भूमिकाका लागि सुहाउँदो रहेको बताएका छन् ।
- साउनको पहिलो सातादेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने यस शोकी प्रस्तोता नम्रता श्रेष्ठ रहेकी छन् ।
काठमाडौँ । अभिनेता तथा हास्य कलाकार जितु नेपाल रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजनमा देखिने भएका छन् । उनी शोको निर्णायकको भूमिकामा देखिन लागेका हुन् । आयोजकले यस विषयमा घोषणा गर्न बाँकी छ ।
अभिनेता नेपालले भने शोमा आफू निर्णायकको भूमिकामा देखिन लागेको स्वीकारेका छन् । ‘लामो समयदेखि कमेडीमा छु । शोको निर्णायक हुन म सुहाउँछु’ जितुले भने ।
साउनको पहिलो सातादेखि हिमालय टेलिभिजनबाट प्रसारणको तयारीमा रहेको चौथो सिजनको प्रस्तोताको रूपमा मिस नेपाल नम्रता श्रेष्ठ भित्रिएकी छन् । लगातार तीन सिजन सञ्चालन गरेकी अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनको स्थानमा नम्रता भित्रिएकी हुन् ।
कार्यक्रमको निर्देशन यसपटक पनि विशाल भण्डारीले नै गर्नेछन् । अघिल्ला सिजनमा ४ सदस्यीय निर्णायक टोली रहे पनि चौथो सिजनमा कति जना निर्णायक रहने भन्नेबारे आयोजकले अझै खुलाएको छैन ।
जितु नेपाल नेपाली हास्य अभिनयका स्थापित कलाकार हुन् । टेलिभिजन, स्टेज तथा फिल्ममा हास्य विधाको लोकप्रियतापछि नेपाल अभिनेताको रूपमा फिल्ममा देखिँदै आएका छन् ।
त्यसअघि नै जितु नेपालको सम्भावित इन्ट्रीले भने कार्यक्रमप्रति दर्शकको उत्सुकता उल्लेखनीय रूपमा बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
-
पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा
-
फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाली राजधानीमा विस्फोट
-
क्युबाभर विद्युत् अवरुद्ध, अमेरिकी दबाबले गहिरियो ऊर्जा संकट
-
रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने
-
शाही युवा शक्तिकाे रत्नपार्कमा र्याली, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण