सुर्खेतमा सवारी ठोक्किएर ८ घाईते, ३ जना गम्भीर
सोमबार, १० वैशाख २०७५, १९ : २८
सुर्खेत– सुर्खेतमा आज सवारी दुर्घटना हुँदा ८ जना घाईते भएका छन । सोमबार नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको भे १ ख १६५७ नं. को फोर्स हाईस र सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको भे १ ख २२६८ नम्बरको बस भेरीगंगा २ सत्तरीमा दुर्घटना भएको हो ।
विनपा ६ बस्ने अनुराघ सोनि, कालिकोटका अङ्कीत विष्ट, दैलेखका कुसुम विसि र उनका १० वर्षीया छोरी डिम्पल बीसी र फोर्स चालक विनपा ११ बस्ने वीरबहादुर विक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय माया नर्सिङहोम र देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको र गम्भीर घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यलयले जनाएको छ । सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बृद्धि भैरहेको छ । हिजो मात्रै सुर्खेतको कपासेमा दैलेख देखि काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुदा १५ जना घाईते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण