महिला फुटबल : कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफ खेलेर स्थगित
बिहीबार, २९ चैत २०८०, २० : १०
चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबिचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ ।
भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो ।
पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।
दुई टोलीबिचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबिचको विजेता टोलीले कोशी प्रदेशसँग फाइनल प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण