सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महिला फुटबल : कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफ खेलेर स्थगित

बिहीबार, २९ चैत २०८०, २० : १०
बिहीबार, २९ चैत २०८०

चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबिचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ ।

भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो ।

पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।

दुई टोलीबिचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबिचको विजेता टोलीले कोशी प्रदेशसँग फाइनल प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप