शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिजरमा यस्तो देखियो फिल्म ‘खजुरे ब्रो’

शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । सुरज सुनुवार निर्देशित कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक भएको छ । टिजरमा साथी साथीको सम्बन्धसँंगै, माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । टिजरमा फिल्मका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर देखिएका छन् ।

वैशाख २८ गतेदेखि रिलिजमा आउने फिल्मले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ । जुन पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ ।

‘खजुरे ब्रो’मा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । 

शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया