दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
सारांश
- अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमर देखिएपछि अस्पतालमा भर्ना भएकी छन् र उनको सफल शल्यक्रिया भएको छ ।
- चिकित्सकहरुका अनुसार दीपालाई पुरानै लयमा फर्किन १५ देखि ३० दिन लाग्न सक्नेछ ।
- कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारीले केही भाग स्टक भएकाले दीपा नियमित देखिने बताएका छन् ।
काठमाडौँ । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला अहिले अस्पतालमा छिन् । ब्रेन ट्युमर देखिएपछि गत मङ्गलवार माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी उनको सफल शल्यक्रिया भएको छ ।
अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको उनी पुरानै लयमा फर्किन १५ दिनदेखि ३० दिन लाग्न सक्ने चिकित्सकहरुले जनाएका छन् । दीपा पछिल्लो समय कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ मा अध्यक्षको रूपमा देखिँदै आएकी छन् । उनी बिरामी भएपछि शो के हुन्छ ? सबैको चासोको विषयमा हो ।
शोका निर्देशक विशाल भण्डारले शोको अझै केही भाग स्टक भएकोले शोमा नियमित दीपा देखिने बताएका छन् ।
‘चिकित्सकहरुले उहाँ १५ देखि ३० दिनमा काममा फर्किन सक्ने बताएका छन्’, भण्डारीले भने– ‘केही भाग कार्यक्रम स्टक भएकोले सुटिङ हुने बेलासम्म उहाँलाई ठिक हुन्छ ।’ आजै आफूले अस्पताल पुगेर दीपाश्रीलाई भेट समेत गरेको भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण