२३ वर्षपछि ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड
काठमाडौं । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ । अब यो चर्चामा निर्देशक विधु विनोद चोपडाको सुपरहिट फिल्म ‘१२ वी फेल’ पनि जोडिएको छ ।
पछिल्लो २५ सातादेखि विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले लगातार दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहिले फिल्मले रिलिजको ‘सिल्भर जुबली’ पूरा गरेको हाे ।
फिल्मले थिएटरमा ‘सिल्भर जुबली’ मनाएको अवसर पारेर विधु विनोद चोपडले आफ्नो अफिसियल इन्स्टाग्राम हेण्डलमा एक पोस्ट शेयर गरेका छन् । पोस्टमा उनले २३ वर्ष यता कुनै पनि हिन्दी फिल्मले नबनाएको रेकर्ड ‘१२ वी फेल’ले बनाएको उल्लेख गरेका छन् ।
यसअघि सन २००१ मा रिलिज सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर–एक प्रेम कथा’ले यो कीर्तिमान बनाएको थियो । यो फिल्म २५ हप्तासम्म थिएटरमा प्रदर्शन भएको थियो ।
‘१२ वी फेल’ गत वर्षको २७ अक्टोबरमा रिलिज भएको थियो । २० करोड बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा ७० करोड नेट कलेक्सन गरेर आफूलाई बम्पर फिल्मको रुपमा स्थापित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण