सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा

सोमबार, ०८ असार २०८३, ०१ : ०१
सोमबार, ०८ असार २०८३

सारांश

  • इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँगको युद्धविरामका बिच उत्तरी सीमा क्षेत्रमा लगाइएका युद्धसम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ ।
  • इजरायली सेनाका अनुसार सोमबार, २२ जुन २०२६ को बिहान ६ बजेदेखि 'कन्फ्रन्टेसन लाइन' (द्वन्द्व क्षेत्र) मा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइनेछन् ।
  • युद्धविराम जोखिमपूर्ण मानिए पनि इजरायलले आफ्नो उत्तरी क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने निर्णय गरेको छ ।

काठमडौँ । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँगको कमजोर युद्धविरामका बिच उत्तरी सीमा क्षेत्रमा लगाइएका युद्धसम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ ।

इजरायली सेनाका अनुसार सोमबार, २२ जुन २०२६ को बिहान ६ बजेदेखि ‘कन्फ्रन्टेसन लाइन’ (द्वन्द्व क्षेत्र) मा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइनेछन् । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहानदेखि सीमावर्ती समुदायहरू ‘आंशिक गतिविधि’ को स्तरबाट अब कुनै प्रतिबन्ध बिना ‘पूर्ण गतिविधि’ को स्तरमा फर्किनेछन् ।’

इजरायल र हिजबुल्लाहबिच युद्धविराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौँ मानिसको ज्यान गएको थियो । उक्त हिंसाका कारण युद्धविरामलाई अहिले पनि जोखिमपूर्ण मानिएको भए तापनि इजरायलले आफ्नो उत्तरी क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप