सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित

सोमबार, ०८ असार २०८३, ०२ : २५
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को खेलमा बेल्जियम र इरानबिचको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ ।
  • खेलको ६७ औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको छ ।
  • ७२ मिनेटको खेल सकिँदासम्म दुवै टोलीले गोलका केही राम्रा अवसरहरू बनाए पनि सफल हुन सकेका छैनन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियम र इरानबिचको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ । खेलको ७२ मिनेट समाप्त भइसक्दा दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन, तर बेल्जियम भने ठुलो सङ्कटमा परेको छ ।

खेलको ६७ औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको छ । महत्त्वपूर्ण समयमा एनगोय मैदानबाट बाहिरिएपछि बेल्जियमले अब बाँकी समय १० खेलाडीका साथ इरानको सामना गर्नुपर्नेछ । रक्षापंक्तिका मुख्य खेलाडीले रातो कार्ड पाएपछि इरानले खेलमा थप दबाब सिर्जना गर्ने मौका पाएको छ ।

खेलको पहिलो हाफमा इरानले गरेको एउटा गोललाई ‘भिएआर’ रद्द गरिदिएको थियो । ७२ मिनेटको खेल सकिँदासम्म दुवै टोलीले गोलका केही राम्रा अवसरहरू बनाए पनि सफल हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप