सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने
आइतबार, ०२ वैशाख २०८१, १४ : २५
काठमाडौँ । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो ।
यस्तै निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने र प्रदूषण नियन्त्रण हुने गरी निर्माण क्षेत्रलाई घेरी सुरक्षित रूपमा मात्र गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।
यस्तै महानगरले निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा ३ दिनभित्र अनिवार्य रूपमा सूचना अनुसार गर्न/गराउन निर्देशन दिएको छ ।
सूचनाको उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण