बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने

आइतबार, ०२ वैशाख २०८१, १४ : २५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । 

यस्तै निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने र प्रदूषण नियन्त्रण हुने गरी निर्माण क्षेत्रलाई घेरी सुरक्षित रूपमा मात्र गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।   

यस्तै महानगरले निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा ३ दिनभित्र अनिवार्य रूपमा सूचना अनुसार गर्न/गराउन निर्देशन दिएको छ ।  

सूचनाको उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।  

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप