२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।
आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।
रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।
प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ ।
तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन् ।
वैशाख १९ गतेदेखि तालिम कार्यक्रम सुरु हुने बालेनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा