माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु
आइतबार, ०२ वैशाख २०८१, १९ : ५७
बुटवल । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।
आन्द्राभरैयाका ४ बालक बबई नदी किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आइतबार दिउँसो खेल्न गएकामध्ये तीन बालक खाल्डोमा पुरिएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो ।
दुई बालकको गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उनीहरूको शव अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई एआईपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर
-
सङ्घीय मामिला मन्त्रालयका २६ कर्मचारी ५ वर्षदेखि कामविहीन
-
रोशी गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग
-
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द
-
राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
‘ब्याकअप’मा राष्ट्रपति देखाउँदै कोशीका मुख्यमन्त्री