माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु
आइतबार, ०२ वैशाख २०८१, १९ : ५७
बुटवल । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।
आन्द्राभरैयाका ४ बालक बबई नदी किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आइतबार दिउँसो खेल्न गएकामध्ये तीन बालक खाल्डोमा पुरिएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो ।
दुई बालकको गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उनीहरूको शव अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण