सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार, ०३ वैशाख २०८१, ०९ : ५९
धनगढी । मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । उत्पन्न परिस्थिति तथा समसमायिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसका एक सांसदले बताए ।
आइतबार मात्रै कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ । अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा (रञ्जिता)को समर्थनमा नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको हो ।
फरक–फरक दलको समर्थनमा एक दलबाट मुख्यमन्त्री दोहोरो दावी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण