बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार, ०३ वैशाख २०८१, ०९ : ५९
सोमबार, ०३ वैशाख २०८१

धनगढी । मुख्यमन्त्री  नियुक्तिमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । उत्पन्न परिस्थिति तथा समसमायिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसका एक सांसदले बताए ।

आइतबार मात्रै कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ । अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा (रञ्जिता)को समर्थनमा नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको हो ।

फरक–फरक दलको समर्थनमा एक दलबाट मुख्यमन्त्री दोहोरो दावी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप